न्यायपालिकाको सुदृढीकरण गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री दाहाल

जेष्ठ ४, २०८१ | काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहालले न्यायपालिकाको सुदृढीकरणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

काठमाडौंमा आज सुरु भएको १६ औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले न्यायालयको सुदृढिकरण र बारलाई अझ सक्षम बनाउनको निम्ति सरकारको तर्फबाट गर्ने सबै किसिमको सहयोग गर्न तयार रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले स्वतन्त्र, सक्षम तथा उत्तरदायी न्यायपालिका, विधिको शासन, लोकतन्त्र, मानव अधिकार, प्रेस स्वतन्त्रता, शक्ति पृथकीकरण, न्यायपालिकाको जनआस्था अभिवृद्धिका लागि नेपाल बार एसोसियसनले पु¥याएको योगदान सदैव अतुलनीय रहेको जिकिर समेत गर्नुभयो । 


प्रतिक्रिया