सिद्धबाबा सुरुङ मार्गको थप काम गर्न विष्फोट गराउने तयारी

जेष्ठ १२, २०८१ | पाल्पा

पाल्पामा निमार्णाधिन सिद्धबाबा सुरुङ मार्गको थप काम गर्न विष्फोट गराउने तयारी भएको छ ।

जिल्ला सुरक्षा समिति रुपन्देही र पाल्पाको निर्णय अनुसार सुरुङ मार्ग निर्माणका लागि भोलिबाट विस्फोट गराउने तयारी भएको हो ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेका अनुसार पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबामा १ हजार १ सय २६ मिटर लामो सुरुङ चीनियाँ कम्पनीले निर्माण गरिरहेको छ ।

नेपाली सेना र नेपाल प्रहरीको उपस्थितिमा आवश्यकता अनुसार विस्फोट गराइने प्रमुख जिल्ला अधिकारी काफ्लेले बताउनुभयो ।

आयोजनाले पछिल्लो पटक सार्वजनिक गरेको विवरण अनुसार सुरुङ मार्गको भौतिक प्रगति ११ दशमलव ४१ प्रतिशत र वित्तीय प्रगति १७ दशमलव ५ प्रतिशत भएको छ ।

मुख्य टनेलको ८५ दशमलव ७ मिटर खन्ने काम सम्पन्न भइसकेको सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयले जनाएको छ । 


प्रतिक्रिया