१६ लाख पर्यटन भित्राउने सरकारको लक्ष्य

जेष्ठ १५, २०८१ | काठमाडौं

सरकारले आगामी आर्थिक वर्षमा १६ लाख पर्यटन भित्राउने जनाएको छ । बजेट पेश गर्दै अर्थमन्त्री वर्षमान पुनले १६ लाख पर्यटक भित्राउने गरी पर्यटन प्रवद्र्धन गर्ने योजना अघि सार्नुभएको छ ।

छिमेकी मुलुक भारत र चीन तथा अन्य मुलुकका प्रमुख शहरहरुमा पर्यटक लक्षित रोड शो , मेला महोत्सव लगायत पर्यटन प्रवद्र्धन कार्यक्रम गरिनेछ ।

साथै सात वटा प्रदेश समेटिने गरी प्रमुख गन्तव्य स्थलमा पर्यटन प्रवद्र्धनका लागि कार्यक्रम सञ्चालन गरिने भएको छ ।

 पर्यटन पुर्वाधारका विकासका लागि ५ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री पुनले बताउनुभयो । 


प्रतिक्रिया