पुर्वाधार क्षेत्रका लागि १ खर्ब रुपैयाँ भन्दा बढी रकम विनियोजन

जेष्ठ १५, २०८१ | काठमाडौं

सरकारले पुर्वाधार क्षेत्रको लागि १ खर्ब रुपैयाँ भन्दा बढी रकम विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षामान पुनले आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दे भौतिक पुर्वाधार तथा यातायत मन्त्रालयका लागि १ खर्ब ५० अर्ब ५३ करोड रुपियाँ विनियोजन गर्नुभएको हो ।

आगामी आर्थिक वर्षमा सरकारले पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि २९ अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरेको छ । 

काठमाडौं–तराई÷मधेश द्रुतमार्ग आयोजनाका लागि २२ अर्ब ५४ करोड विनियोजन गरिएको हो ।

मध्यपहाडी पुष्पलाल लोकमार्गका लागि तीन अर्ब ६८ करोड र हुलाकी राजमार्गमा तीन अर्ब ३० करोड रुपियाँ विनियोजन भएको अर्थमन्त्री पुनले बताउनुभयो ।

त्यस्तै काठमाडौं उपत्यकाभित्रका व्यस्त ४४ वटा चोकमा स्मार्ट ट्राफिक लाइट जडान गरिने उहाँको भनाई छ । 


प्रतिक्रिया