उर्जा क्षेत्रमा ५० अर्ब रुपैयाँ बजेट विनियोजन

जेष्ठ १५, २०८१ | काठमाडौं

उर्जा क्षेत्रको विकासका लागि सरकारले ५० अर्ब रुपैयाँ भन्दा बढी विनियोजन गरेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष जलविद्युत क्षेत्रमा बजेट घटेको छ ।

सरकारले चालु आर्थिक वर्षमा ८७ अर्ब ४५ करोड रुपैयाँ विनियोजन गरेको थियो । आगामी आर्थिक वर्ष ९ सय मेगावाट विद्युत थप गरी राष्ट्रिय प्रणालीको ७ हजार ५ सय मेगावट पु¥याउने बजेटमा उल्लेख छ ।

आगामी आर्थिक वर्षदेखि बगंलादेशमा विद्युत निर्यात गर्ने व्यवस्था मिलाईनेछ । । उर्जा उत्पादनलाई विविधिकरण गर्न निजी क्षेत्रमार्फत १ सय मेगावाट सौर्य विद्युत जडान गर्ने व्यवस्था गरिने भएको छ । 

आगामी वर्ष उर्जाको उत्पादन र नागरिकको उपभोग क्षमता बढाउन विभिन्न काम गर्ने सरकारको योजना छ । 


प्रतिक्रिया