एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित

जेष्ठ १६, २०८१ | चितवन

नेकपा एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित हुनु भएको छ । चितवनको ११ औं जिल्ला अधिवेशनमा मंगलबार भएको मतदानमा पाठन अध्यक्षमा विजयी हुनु भएको हो । 

पाठकले ६ सय ६ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी घनश्याम कँडेलले ९३ मत ल्याएको निर्वाचन समितिले जनाएको छ । पाठक यसअघि कार्य समितिको उपाध्यक्ष हुनुहुन्थ्यो । 

उपाध्यक्षमा श्याम विष्ट विजयी हुनुभयो । विष्टले ४०४ मत ल्याउँदा उहाँका प्रतिस्पर्धा कृष्णकुमार डल्लाकोटीको २८४ मत प्राप्त गर्नुभयो । सचिवमा प्रकाश ढुंगानाले ४६६ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी पदमपाणि सुवेदीको २२१ मत पाउनुभयो । 

त्यसैगरी उपसचिव खुलामा मिनबहादुर परियार, उपसचिव महिलामा ज्वाला पुरी बन निर्वाचित हुनु भएको निर्वाचन समितिले जनाएको छ । 

शनिबार उद्घाटन भएको एमाले चितवनको ११ औं जिल्ला अधिवेशनमा नयाँ कार्य समितिका लागि मंगलबार मतदान भएको थियो । 


प्रतिक्रिया