गोरखा संग्रहालय घुम्न आउने पर्यटको संख्या बढ्दै

जेष्ठ १९, २०८१ | गोरखा

सर्वसाधारणका लागि खुल्ला गरिएको गोरखा संग्रहालय घुम्न आउने आगन्तुकको संख्या वर्षेनी बढ्दै गएको छ ।

संग्रहालय स्थापना भएको १६ वर्ष पूरा गरी १७ वर्षमा प्रवेश गर्दासम्म आगन्तुकको संख्या बढ्दै गएको संग्रहालयका प्रमुख जयनारायण कार्कीले बताउनुभयो ।

२०६५ ÷०६६ मा ३६ हजार ५ सय २९ जनाले संग्रहालयको अवलोकन गरेका थिए । सो वर्ष संग्रहालय भ्रमण गर्नेहरुबाट ३ लाख ५२ हजार ३ सय ५ रुपैयाँ रकम संकलन भएको थियो । यस्तै आर्थिक वर्ष २०७९÷ ८० मा १ लाख २३ हजार ७ सय ३१ जनाले संग्रहालयको अवलोकन गर्दा २३ लाख ६६ हजार ४ सय ११ रुपैयाँ रकम संकलन भएको थियो ।

सरकारले गोरखा दरबारलाई संग्रालयको रुपमा खुल्ला गरेपछि प्रत्येक वर्ष आगन्तुक सँगै राजस्व रकम पनि वृद्धि हुँदै गएको संग्रहालयका प्रमुख कार्कीले बताउनुभयो । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा मात्र एक लाख ४ हजार तिन सय ३५ जनाले संग्रहालयको अवलोकन गरिसकेका छन् ।

संग्रहालयका अनुसार चालु आर्थिक वर्ष मात्र ३३ हजार आठ सय ५३ जना विद्यार्थीले संग्रहालयको अवलोकन गरेका छन् । ६९ हजार दुई सय ८० नेपाली, १ सय १० जना सार्क राष्ट्र र एक हजार तीन सय ९२ जना विदेशी पर्यटकले यो वर्षको १० महिनाको अवधिमा संग्रहालयको अवलोकन गरेका हुन् ।

संग्रहालयमा गोरखा राज्यसंँग सम्वन्धित ऐतिहासिक, पुरातात्वीक, धार्मिक र साँस्कृतिक दृष्टिकहोणले महत्व राख्ने सामाग्री संकलन गरि प्रदर्शनमा राखिएको छ ।

तत्कालीन अवस्थामा भएका सन्धि सम्झौता, एकिकरण अभियानमा प्रयोग भएका घरेलु हात हतियार, जातजातिले प्रयोग गर्ने पोशाक, तत्कालीन राजाहरुले राज्य विस्तार एकिकरण अभियानमा तैलचित्र मार्फत व्यक्त गरिएको काल्पनिक तैलचिहहरु, पृथ्वीनारायण शाहको सवैभन्दा लामो(३४ हात भएको) चिना(जन्मकुण्डली) प्रदर्शनमा रहेको छ ।

पृथ्वीनारायण शाहको दिब्यउपदेशलाई नेपालीकरण गरेर पनि राखिएको छ । 


प्रतिक्रिया