लुम्बिनी योजना आयोग उपाध्यक्षमा खनाल

जेष्ठ २०, २०८१

लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्षमा नियुक्त भएका कपिलवस्तुका सरोज खनालले पद तथा गोपनीयताको सपथ लिनु भएको छ । मुख्यमन्त्री जोखबहादुर महराले आज देउखुरीमा सपथ गराएपछि खनालले पदभार ग्रहण गर्नु भएको हो । 

लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को गत शुक्रबार बसेको बैठकले कपिलवस्तु वाणगंगा नगरपालिका–८ निवासी खनाललाई नियुक्त गरेको थियो । खनालसँग शिक्षा, स्वास्थ्य र सहकारी क्षेत्रमा लामो समय काम गरेको अनुभव छ । यसअघि कांग्रेसका डिल्लीबहादुर चौधरी नेतृत्वको सरकारको पालामा नियुक्ती भएका प्रदेश योजना आयोग उपाध्यक्ष डा. नहकुल केसीले राजीनामा दिएपछि योजना आयोग पदाधिकारी विहीन भएको थियो ।

 खनाल लुम्बिनी योजना आयोगको सदस्य थिए । मुख्यमन्त्री अध्यक्ष रहने आयोगमा ५ सदस्य समिति रहने गर्दछ । उपाध्यक्ष र चार सदस्य मुख्यमन्त्रीले नियुक्त गर्ने प्रवाधान छ ।


प्रतिक्रिया