भुकम्प प्रभावित दार्माका बालबालिकामा जन्डिसको प्रकोप बढ्दो

जेष्ठ २२, २०८१

भुकम्प प्रभावित क्षेत्र सल्यानको दार्मा गाउँपालिकाका बालबालिकामा जन्डिसको प्रकोप बढदै गएको छ । अत्यधिक गर्मि र प्रदुर्षित पानी सेवनका कारण बालबालिकामा जन्डिसको प्रकोप बढ्दै गएको हो । दार्मा गाउँपालिकाका ६ वडामा आठ स्वास्थ्यसंस्था छन् । जन्डिसको प्रकोप फैलिएपछि सबैजसो स्वास्थ्यसंस्था हिजोआज बालबालिकाले भरिन थालेको हाम्रा सहकर्मी विप्लव महर्जनले बताएका छन् । 

सबै स्वास्थ्यसंस्थामा जन्डिस रोगको परिक्षण सम्भव नभएकाले आफ्ना बालबालिकाको रगत परिक्षण तथा उपचारको लागि स्थानीय नीजि क्लिनिक, जिल्ला अस्पताल सल्यान र पश्चिम रुकुमको चौरजहारी स्थित मिसन अस्पताल धाउन बाध्य भएका छन् । स्वास्थ्य सम्बन्धी सचेतनाको अभाव तथा भुकम्पले गर्दा आर्थिक क्षति भएपछि थला परेका कारण पोषणयुक्त खानपान र बासस्थानको उचित ब्यवस्था गर्न नसक्दा अभिभावकहरु समस्यामा परेका छन् । 

केही दिनअघि लगातार बर्षात भएकाले प्रदुर्षित पानी खाएका र झोलिलो पदार्थको कर्मीका कारण बालबालिकामा जन्डिसको प्रकोप बढेको हुनसक्ने दार्मा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताउनुभयउो । जन्डिस सरुवा रोग भएकाले पालिका भरी ५ बर्ष मुनिका झन्डै १ हजार ७ सय बालबालिकामा सो रोग देखा परेको छ । 


प्रतिक्रिया