भारतमा मोटरसाइकल दुर्घटनामा परि दुई नेपालीको मृत्यु

जेष्ठ २८, २०८१ | कञ्चनपुर

भारत उत्तराखण्डको उद्यमसिंहनगर जिल्लामा पर्ने नानकमातामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना नेपालीको मृत्यु भएको छ । 

प्रहरीका अनुसार मृत्यु हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का २४ वर्षीय सागर परियार र भीमदत्त–१८ का १८ वर्षीय निखिल जैरु रहेका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी उमेश जोशीका अनुसार नेपाली नम्बरको मोटरसाइकलमा यात्रा गरिरहेका उनीहरुको आइतबार कारसँग ठोक्किएर दुर्घटना भएको हो । 

मोटरसाइकल नम्बर भने खुलेको छैन । उनीहरुको पोष्टमार्टम गरेर शव आफन्तले बुझाइ सकिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि घाइते भएका एक जना उपचारपछि घर फर्किएको डीएसपी जोशीले जानकारी दिनुभयो ।


प्रतिक्रिया