जसपा नेपालको अध्यक्षबाहेक अन्य पदाधिकारी र कार्यसमिति सहमतिबाट चयन गर्ने तयारी
जेष्ठ ३१, २०८१ | काठमाडौं
जनता समाजवादी पार्टी जसपा नेपालको पहिलो महाधिवेशनमा अध्यक्षबाहेक अन्य पदाधिकारी र कार्यसमिति सहमतिबाट चयन गर्ने तयारी भएको छ ।
सबै पदमा सहमतिका आधारमा पदाधिकारी चयनको जिम्मा महाधिवेशन प्रतिनिधिहरुले अध्यक्ष उपेन्द्र यादवलाई दिएका छन् । अध्यक्ष यादवले अब पार्टीका वरिष्ठ नेताहरूसँगको समूहमा छलफल गरी सबै पदमा सहमतिबाट चयन गर्ने महाधिवेशन प्रतिनिधि महेश चौरसियाले जानकारी दिनुभयो ।
जसपा नेपालमा २१ जना पदाधिकारीसहित २ सय १ सदस्यीय केन्द्रीय समिति चयन हुनेछ । सो पदका लागि तीनसय भन्दा बढीको उम्मेदवारी परेको थियो ।
उम्मेदवारको सूचि प्रकाशित गरी मतदान गर्ने तयारी भएका बेला सहमतिमा कार्यसमिति बनाउने विकल्प रोजिएको हो ।