डोल्पामा नदीमा डुबेर २ बालिकाको मृत्यु

असार ८, २०८१ | काठमाडौं

मृत्यु हुनेमा काईके गाउँपालिका–५ बैजिबाराकी कक्षा ५ मा अध्ययनरत १२ वर्षीयाकी रविना विष्ट र कक्षा २ मा अध्ययनरत १० वर्षीया सोनी बुढा रहेका जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

फोक्सुन्डो खोलामा आज बिहान नुहाउन गएका उनीहरूको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डीएसपी हरिकृष्ण केसीले जानकारी दिनुभयो ।

घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । 


प्रतिक्रिया