गृहमन्त्री लामिछानेको अभिव्यक्तिप्रति कंग्रेसको आपत्ति

असार ९, २०८१

सहकारी ठगीको आरोप लागेपछि फरार भएका गोर्खा मिडियाका अध्यक्ष जीबी राईबारे गृहमन्त्री रवि लामिछानेको पछिल्लो अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसले आपत्ति जनाएको छ । 

केही दिनअघि लामिछानेले चितवनमा सञ्चारकर्मीसँग बोल्दै अध्यक्ष राई मलेसिया रहेको पत्ता लागेको बताउनुभएको थियो । गृहमन्त्री लामिछानेको सोही अभिव्यक्तिको प्रसंग उठाउँदै प्रतिपक्षी कंग्रेसका सांसद विश्वप्रकाश शर्माले गोर्खा मिडियाका अध्यक्ष राईलाई भगाउने नियत राखिएको आशंका व्यक्त गर्नुभएको हो ।

यसैबीच, कंग्रेसले प्रहरी निरीक्षकको सरुवाबारे गृहमन्त्रीले सदनलाई ढाँटेको टिप्पणी समेत गरेको छ । 


प्रतिक्रिया