पहिरोले पाँचथरको याङ्वरक २ र ३ का ९६ घरपरिवार विस्थापित

असार ९, २०८१ | काठमाडौं
पहिरोले जोखिम निम्त्याएपछि पाँचथरको याङ्वरक गाउँपालिकाका दुई वटा वडाबाट ९६ घर परिवार विस्थापित भएका छन् ।
याङवरक गाउँपालिका वडा–२ का ४२ र वडा–३ का ५४ घर परिवार विस्थापित भएका हुन् ।
वडा–३ का अध्यक्ष विमल राईले निरन्तरको वर्षासँगै पहिरोको जोखिम बढेपछि ती स्थानीयबासिन्दाले विभिन्न स्थानमा आश्रय लिइरहेको बताउनुभयो ।
पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले ४९ घर परिवारलाई राहत दिनुका साथै क्षतिको विवरण संकलन भइरहेको बताउनुभयो ।