गिरिजाप्रसादको जन्मजयन्ती मनाइयो

असार १८, २०८१

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । कंग्रेसले ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बहस कार्यक्रम आयोजना गरेको छ ।

त्यस्तै, कोइरालाको जीवनीसँग सम्वन्धित फोटो प्रदर्शनी समेत आयोजना गरिएको छ । प्रदर्शनीको अवलोकन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, कंग्ेस सभापति शेरवहादुर देउवा लगायत नेता पुगेका छन् । कंग्रेसले अन्य जिल्लामा पनि कोइरालाको जन्मजयन्तिको अवसरमा कार्यक्रम आयोजना गरेको छ ।

गिरिजाप्रसाद कोइरालाको जन्म १९८१ असार १८ गते भएको थियो । २०६२÷०६३ को जनआन्दोलन र बृहत् शान्ति सम्झौतामा उल्लेख्य भूमिका खेलेका कोइराला पाँचपटक प्रधानमन्त्री हुनुभएको थियो । उहाँको २०६६ साल चैत ७ गते काठमाडौंमा निधन भएको थियो । 


प्रतिक्रिया