अक्टोबरमा मात्र एक लाख २४ हजार तीन सय ९३ विदेशी पर्यटक भित्रिए

कार्तिक २०, २०८१

सन् २०२४ को १० महिनामा नौ लाख ४० हजार सात सय ३२ विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार अक्टोबरमा कूल एक लाख २४ हजार तीन सय ९३ विदेशी पर्यटक आएका हुन् । सो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६ दशमलव ४ प्रतिशतले बढी हो ।

सन् २०२३ को अक्टोबरमा एक लाख १७ हजार तीन सय छ पर्यटक आएका थिए । कोभिड–१९पूर्व अर्थात सन् २०१९ को तुलनामा ९२ दशमलव ९६ प्रतिशतले पर्यटकको संख्यामा पुनरुत्थान भएको बोर्डले जनाएको छ । सन् २०१९ को अक्टोबरमा एक लाख ३४ हजार ९६ विदेशी पर्यटक आएका थिए ।

बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार समग्रमा विदेशी पर्यटक आगमन सन्तोषजनक छ । अबको दुई महिनामा पर्यटक बढ्ने अनुमान गर्न सकिने उहाँको भनाई छ । 


प्रतिक्रिया