एसईईको पूरक परीक्षाको तालिका सार्वजनिक

असार १८, २०८१

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०८० सालको पूरक (ग्रेडवृद्धि) परीक्षाको तालिका सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले साउन २३ गते पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा सञ्चालन हुने बताउनुभयो ।

परीक्षा विहान ११ देखि अपरान्ह २ बजेसम्म सञ्चालन हुनेछ । वर्षाको समयमा परीक्षार्थीलाई परीक्षा केन्द्र पुग्न समस्या हुन सक्ने भन्दै बोर्डले ११ बजेदेसिख परक्षिा सञ्चालन गर्न लागेको जनाएको छ । २३ गते बुधबार अंग्रेजी विषयको परीक्षा हुने बोर्डले जनाएको छ । यसअघि नै बोर्डले असार २३ देखि ३१ गतेसम्म सञ्चालन गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरीसकेको छ । 


प्रतिक्रिया