नुनको मुल्य वृद्धि

असार १९, २०८१

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाने नुनको मुल्य बढेको जनाएको छ । कर्पोरेशनबाट विक्रि वितरण हुदै आएको नुनको मूल्य आज देखि लागु हुने गरी बढाइएको हो । 

सञ्चालक समितिको बैठकले आज देखि लागु हुने गरी नुनको मुल्यवृद्धि गरेको साल्ट ट्रेडिङका नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले बताउनुभयो । नयाँ मुल्य सुची अनुसार २३ रुपैयाँ पर्ने आयोडिननुनको २६ रुपैयाँ तथा न्यु शक्ति नुन १७ रुपैयाँबाट २० रुपैयाँ पुगेको छ । भानू नूनको मुल्य यथावत छ । 

साल्ट ट्रेडिङले भानू नुन प्रति केजी ९ रुपैयाँमा विक्रि वितरण गर्दै आएको छ । त्यस्तै साल्ट ट्रेडिङले दुर्गम जिल्लाका उपभोक्ताहरुलाई मात्र सहुलियतमा नून उपलब्ध गराउँदै आएको छ । 


प्रतिक्रिया