दोलखामा बाढीले बगाउँदा एक जना बेपत्ता

असार २२, २०८१ | दोलखा

दोलखाको गौरीशंकर गाउँपालिका–९ मा रोल्वालिङ खोलामा आएको बाढीमा बगाउँदा एक जना महिला बेपत्ता भएकी छन् । अविरल वर्षासँगै आएको बाढीले ३ वटा घर सहित होटल बगाएको छ । 

शुक्रबार राति रोल्वालिङ खोलामा आएको बाढीले रोल्वालिङ पदमार्गमा होटल सञ्चालन गरिरहेकी जाङमु शेर्पालाई बगाएको गौरीशंकर–९ का अध्यक्ष निमा गेली शेर्पाले बताउनुभयो । 

उहाँका अनुसार बाढीले बगाएर सम्पर्कविहीन भएकी शेर्पाको खोजी भईरहेको छ । 


प्रतिक्रिया