सडक अलपत्र पारेपछि छिन्नमस्ताका गाउँपालिकाका जनप्रतिनिधी धर्नामा

असार ३०, २०८१ | राजविराज

पछिल्लो दुई वर्षदेखि सडक खनेर अलपत्र पारेको भन्दै सप्तरीको छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधीहरु सडक डिभिजन कार्यालय लहानमा धर्ना बसेका छन् ।

राजविराजदेखि छिन्नमस्ता सखडा बजार हुदै न्योर बोर्डरसम्म निर्माण भइरहेको सड़क तोकिएको समयमा निर्माण नभएपछि जनप्रतिनिधीहरु धर्नामा बसेका हुन् ।

सड़क खनेर छोडदा खाल्टो भएर आवतजावतमा समस्या भएको तथा दुर्घटनाको जोखिम समेत बढेको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले बताउनुभयो ।


सड़क डिभिजन कार्यालय लहानका प्रमुख र प्राविधिक तथा सड़क विभागसहित सरकारी निकायमा पटक पटक आग्रह गर्दा पनि सड़क निर्माणमा चासो नदिएपछि वाध्य भएर धर्ना बस्नुपरेको पालिका अध्यक्ष चौधरीले बताउनुभयो ।

सडक डिभिजन कार्यालय लहानका प्रमुख इन्जिनयर आशुतोष कर्णले तीन चरणमा सडक निर्माण कार्य भइरहेको र त्यसका लागि निर्माण कम्पनिलाई पत्राचार गरिएको बताउनुभयो ।  


प्रतिक्रिया