दोलखामा लागुऔषध ओसारपसार र कारोबारमा संलग्न ७ जना पक्राउ

श्रावण २, २०८१ | दोलखा

दोलखा प्रहरीले एक सातामा लागुऔषध खैरो हिरोईनसहित आसोरपसार र कारोबारमा संलग्न ७ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले एक सातामा विशेष अभियान सञ्चालन गरेर लागुऔषध ओसार पसार गर्ने समूह र विक्री वितरण गर्ने समूहका ७ जनालाई पक्राउ गरेको हो ।

मोहत्तरीको बर्दिवासबाट चरिकोट खैरो हिरोईएन लिएर आएका दोलखाको विगु गाउँपालिका–३ का विजय आर्चाय र भीमेश्वर नगरपालिका मधुसुजन चौलागाई पक्राउ गरिएको हो ।

उनीहरुबाट प्रहरीले लागुऔषध खैरोहिरोईन ११ ग्राम बरामद गरेको छ । यस्तै चरिकोटबाट प्रहरीले लागुऔषध कारोबारमा संलग्न भीमेश्वर नगरपालिका– ६ का सोनाम तामाङ र सागर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले लागुऔषध प्रयोग गर्ने अन्य ३ जनालाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता प्रहरी निरिक्षक शत्रुघन महतोले बताउनु्भयो ।    


प्रतिक्रिया