सिद्दार्थ राजमार्गको हिउँदे खोलामा ५० मिटर सडक भासियो

श्रावण ७, २०८१ | पाल्पा

सिद्दार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–५, हिउँदेखोला नजिक झण्डै ५० मिटर सडक पुनः भासिएको छ ।

 दुई वर्षअघि पनि सो सडक भासिएको थियो । निरन्तरको वर्षाले सडक पुनः भासिएको डिभिजन कार्यालयले पाल्पाले जनाएको छ । 

भासिएको सडकमा डाइभर्सन गरिएपनि ठूला सवारी साधनका लागि जोखिम रहेको कर्यालयले जनाएको छ ।

 केही दिन अघि पनि सोही स्थानको तल्लो भागमा वर्षाको भेलले केही भाग भासिएकोे सडक डिभिजन पाल्पाका सूचना अधिकारी दुर्गा गौतमले बताउनुभयो ।  


प्रतिक्रिया