लुम्बिनीको मुख्यमन्त्रीमा आचार्य नियुक्त

श्रावण ७, २०८१

लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीमा एमाले दल उपनेता चेतनारायण आचार्य नियुक्त हुनु भएको छ । कांग्रेसका २७ र एमालेका २९ गरी ५६ जना सांसदको हस्ताक्षर पत्र सहित मुख्यमन्त्रीमा दावी पेश भएको थियो । 

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । ८७ जना सांसद रहेको लुम्बिनी प्रदेशसभामा आवश्यक बहुमतको लागि ४४ सांसद भए पुग्छ । लुम्बिनीमा पहिलो पटक ठूला दल एमाले र कांग्रेसको सरकार बनेको छ । 

कानूनमा स्नातक तह उतीर्ण आचार्य यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्री, एमाले–माओवादी गठबन्धनमा एमाले दल नेता लिला गिरी नेतृत्वको सरकारमा खानेपानी तथा सहरी विकास मन्त्री र माओवादीका जोखबहादुर महरा नेतृत्व सरकारमा आर्थिक मामिला तथा कानून मन्त्री बन्नु भएको थियो । उहाँ अर्घाखाँची निर्वाचन क्षेत्र १ (क) बाट दोश्रो पटक निर्वाचित हुनु भएको हो । 


प्रतिक्रिया