जयपृथ्वी राजमार्ग छ घण्टा देखी अवरुद्ध

श्रावण ८, २०८१

पहिरो खस्दा बझाङको वित्थडचिरमा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बित्थडचिर गाउँपालिका–४ बल्लेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हाम्रा सहकर्मीले जनाएका छन् । बिहान सात बजे सडक माथिबाट पहिरो खसेपछि आवतजावत ठप्प भएको हो । सडक अवरुद्ध हुँदा जिल्ला बाहिर जाने यात्रुवाहक गाडी र बाहिरी जिल्लाबाट भित्रिने सबै गाडी र यात्रु अलपत्र परेका अलपत्र परेका छन् । घटनास्थल सदरमुकाम चैनपुरबाट ७५ किलोमिटर टाढा छ । राजमार्ग सुचारु गर्ने काम सुरु भैरहेको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले बताउनुभयो । 


प्रतिक्रिया