विमान दुर्घटनामा परि मृत्यु भएकाको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइयो

श्रावण १०, २०८१ | काठमाडौं

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परि मृत्यु भएकाको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाईएको छ । 

मन्त्रिपरिषदको हिजो बसेको बैठकले राष्ट्रिय झण्डा झुकाउने निर्णय गरेको थियो । सरकारी कार्यलय र विदेशस्थित नेपाली कुटनीतिक कार्यलयमा राष्ट्रिय झण्डा आधा झुकाईएको हो ।

परीक्षण र मर्मत गर्न काठमाडौंबाट पोखराका लागि उडेको केही समयमैे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी को–पाइलटसहित १८ जनाको मृत्यु भएको छ । ती मध्ये १७ नेपाली र एक यमनी नागरिक रहेको प्रहरीले जनाएको छ ।

 दुर्घटनामा घाइते क्याप्टेन मनीषरत्न शाक्यको उपचार जारी छ ।

यसैबीच सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाको शवको पोस्टमार्टम भइरहेको छ । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका अनुसार पोस्टमार्टमका लागि तीन टोली खटिएका छन् ।

आवश्यक मुचुल्का तथा कागजपत्र मिलाएर शवको पोस्टमार्टम भइरहेको र पोस्टर्माटम सकिए लगत्तै परिवारजनलाई शव बुझाउने अस्पतालले जनाएको छ ।

विमान दुर्घटनाबारे छानबिन गर्न रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । 


प्रतिक्रिया