पौडी खेल्न गएका किशोरको डुबेर मृत्यु

श्रावण १२, २०८१ | बर्दिया

बर्दियाको बढैयाताल गाउँपालिका–८ स्थित मृृग नालाको बाँधमा पौडी खेल्न गएका एक किशोरको डुबेर मृत्यु भएको छ । 

हिजो मृृग नालाको बाँधमा पौडी खेल्ने क्रममा डुबेर स्थानीय १६ वर्षीया रोशन कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी तुल्सीराम अर्यालले बताउनुभयो । 

पानीमा डुबेर बेहोस् भएका कार्कीलाई उनका साथीहरुले उद्धार गरी उपचारका लागि स्थानीय मेडिकलमा लगेका थिए । त्यहाँ उपचार सम्भव नभएपछि गुलरियास्थित जिल्ला अस्पताल पुर्‍याइएकोमा साँझ ७ बजे उनको मृत्यु भएको डीएसपी अर्यालले जानकारी दिनुभयो ।


प्रतिक्रिया