राष्ट्रिय परिचयपत्रका लागि आफ्नो भेष–भूषा झल्किने फोटो खिच्न पाइने

फाइल फोटो  

श्रावण १७, २०८१ | काठमाडौं

राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउँदा सेवाग्राहीले अब आफ्नो भेष–भूषा झल्किने गरि फोटो खिच्न पाउने भएका छन् ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जारी गरेको सूचना अनुसार फोटो खिच्दा आफूले चाहेको पोसाक, सिन्दुर, टीका हटाउन नपर्ने भएको हो ।

सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा राष्ट्रिय परिचयपत्र इकाइलाई यसबारे जानकारी गराइएकोे विभागका महानिर्देशक युवराज कंडेलले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्रमा विवरण दर्ताका लागि दूवै कान देखिने गरी फोटो खिच्नुपर्ने  हुन्छ ।


प्रतिक्रिया