एक वर्षमा ८ सय ४ पर्यटक मात्र पर्सा राष्ट्रिय निकुञ्जको भ्रमणमा

श्रावण १८, २०८१ | पर्सा

गत आर्थिक वर्ष २०८०÷८१ मा ८ सय ४ पर्यटकले पर्सा राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन् । 

निकुञ्जको तथ्यांक अनुसार वर्षभरि सो संख्यामा पर्यटक पुगेका हुन् । निकुञ्ज भ्रमणमा आएका पर्यटकमध्ये ७ सय ६६ स्वदेशी छन् भने सार्क राष्ट्रका २५ पर्यटक छन् । 

तेस्रो मुलुकका १३ पर्यटकले पनि निकुञ्ज भ्रमण गरेको तथ्याङ्क छ । निकुञ्ज मुख्यालय आधाभारका संरक्षण एवं सूचना अधिकृत सन्तोष भगतले स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने र निकुन्जको प्रचार प्रसार गर्ने प्रयास भएपनि पर्यटक आउन नसेको बताउनुभयो । 

निकुञ्जमा पर्यटक भित्र्याउन यस भेगका होटल तथा पर्यटन व्यवसायीसँग समन्वय भइरहेको उहाँको भनाई छ । निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाका अनुसार पर्सा वन्यजन्तु आरक्षबाट राष्ट्रिय निकुञ्जमा स्तरोन्नति भएको झण्डै ७ वर्ष बितिसक्दा पनि पर्यटकको आगमन नगन्य हुने गरेको छ ।  


प्रतिक्रिया