ताप्लेजुङमा असोज पहिलो साता रेडपाण्डा म्याराथन हुने

श्रावण ३०, २०८१ | ताप्लेजुङ

ताप्लेजुङको हिमाली संरक्षण मञ्चले आगामी असोज पहिलो साता रेडपाण्डा संरक्षणको सन्देशसहित म्याराथन गर्ने तयारी गरेको छ ।

 विश्वमै दुर्लभरेडपाण्डाको संरक्षण गर्ने सन्देश सहित म्याराथन गर्न लागिएको हो । असोज ५ गते रेडपान्डा संरक्षण दिवसको अवसरमा प्रतियोगिताको तयारी गरिएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताउनुभयो । 

राईका अनुसार म्याराथनका लागि रेडपाण्डा नेटवर्क र फुङलिङ नगरपालिकाले सहयोग गर्नेछन् । त्यस्तै म्याराथनका लागि फुङलिङ नगरपालिकाले ५ लाख बजेट विनियोजन गरेको नगरपालिका प्रमुख अमिर मादेनले बताउनुभयो । रेडपान्डा नेटवर्कले १० लाख रुपैयाँ सहयोग गर्दैछ ।  


प्रतिक्रिया