सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत

श्रावण ३०, २०८१ | काठमाडौं

सुदूरपश्चिम प्रदेशका मुुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गर्नुभएको छ । मुुख्यमन्त्री शाहले प्रदेश सभा बैठकमा उपस्थित ४५ मध्ये ३६ सासंसदको मत प्राप्त गर्नुभएको हो ।

उहाँको विपक्षमा ८ मत प¥यो भने एक सांसद तटस्थ रहे । एमालेको समर्थनमा नेपाली काँग्रेस संसदीय दलका नेता शाह साउन २० मा मुख्यमन्त्री नियुक्त हुनु भएको थियो ।

केन्द्रमा नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन बनेपछि सुदूरपश्चिम सरकारको नेतृत्व काँग्रेसको भागमा परेको थियो । 

कुल ५३ सदस्यीय प्रदेश सभामा बहुुमतका लागि २७ सांसद आवश्यक पर्छ । यसअघि माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिको गठबन्धन सरकारमा उहाँ १४ महिना मुख्यमन्त्री बन्नु भएको थियो । 

सत्ता समीकरण परिवर्तन भएसँगै सहयात्री दलले समर्थन फिर्ता लिएपछि २०७९ चैत्र २२ गते शाहले पदबाट राजीनामा दिनु भएको थियो । 


प्रतिक्रिया