भ्रष्टाचार मुद्दामा हदम्याद राख्न हुँदैनः गगन थापा

श्रावण ३१, २०८१ | काठमाडौं

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारमा मुद्दा चलाउन समयसीमा राख्ने गरी कानूनमा हदम्याद राख्न नहुने बताउनुभएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा महामन्त्री थापाले भ्रष्टाचार मुद्दा लगाउनका लागि हदम्याद कानूनमा राख्न नहुने बताउनु भएको हो ।

राजनीतिक दलका नेताहरू मिलेर भ्रष्टाचार गर्ने र एकले अर्काको भ्रष्टाचार ढाकछोप गर्नका लागि सहमति गर्ने भएकाले हदम्याद राख्न नहुने थापाको भनाई थियो । त्यस्तै फरक प्रसँगमा महामन्त्री थापाले हदम्याद राख्ने कि नराख्ने भन्ने विषयमा अख्तियारले स्पष्ट धारणा राख्नुपर्ने बताउनुभयो । 


प्रतिक्रिया