विनयी त्रिवेणीमा चार दिनअघि देखिएको बाघ नियन्त्रणमा

भाद्र ३, २०८१ | पूर्वी नवलपरासी

नवलपरासीको विनयी त्रिवेणीमा चार दिनअघि देखिएको बाघ सोमवार नियन्त्रणमा लिइएको छ ।

विनयी त्रिवेणी गाउँपालिका स्थित बगुबन गाउँमा गत शुक्रवार बस्तीमा पसेको बाघलाई चितवन राष्ट्रिय निकुञ्जको प्राबिधिक टोलीले नियन्त्रणमा लिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार बाघलाई सोमबार चिकित्सक सहितको प्राबिधिक टोलिले मदरबाबा सामुदायिक वन बाट डार्ट गरेर नियन्त्रणमा लिइएको हो ।

अन्दाजी ६ र ७ वर्षको भाले बाघ अर्को बाघसँग जुधेर घाईते भएको थियो । घाईते भएर बस्ती पसेको बाघले गत शुक्रवार बगुबनमा दुईवटा बाख्रा र एउटा भैंसीलाई आक्रमण गरेर मारेको थियो ।

निकुञ्जको टोलीले साउन ३२ गते देखि निरन्तर बाघलाई नियन्त्रणमा लिन प्रयास गर्दै आएको थियो । नियन्त्रणमा लिइएको सो बाघलाई सौराहा लगिएको छ ।  


प्रतिक्रिया