रामेछाप पहिरोः ६ को मृत्यु, चार बेपत्ता ६५ परिवार विस्थापित (अपडेट)

भाद्र ९, २०८१

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ मा पहिरोले ६ घर बगाउँदा ६ जनाको मृत्यु भएको छ । ४ जना पहिरोमा बेपत्ता भएका छन् । बस्ती माथिबाट गएराति आएको पहिरोले घर बगाउँदा दोरम्बा शैलुङ गाउँपालिका–३ कुसेश्वर आधारभूत विद्यालय बाल कक्षा शिक्षिकासमेत रहेकी ३२ वर्षीया चण्डिका थापामगर र उनको १८ महिनाको नाबालक छोरो आमुसको मृत्यु भएको छ ।

यस्तै, पहिरोले घर बगाउँदा स्थानीय ४० वर्षीया उर्मिला पहरी, १८ वर्षीय विज्ञान पहरी, १७ वर्षीय सन्दिप पहरी र १४ वर्षाीय सन्तोष पहरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परेका थप ४ जना भने बेपत्ता छन् । प्रहरीका अनुसार ७५ वर्षीय फडके पहरी, ५५ वर्षीय काले पहरी, ५४ वर्षीया झ्याउकिरी पहरी र २३ वर्षीया विन्दा पहरी बेपत्ता छन् । पहिरोमा पुरिएकी मृतक शिक्षिका चण्डिकाको घरमा सुत्न आएकी १० वर्षिया अन्जना पहरी घाइते अवस्थामा उद्धार गरिएकोमा उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

छिमेकी बालिका पहिरोले लेखर्क गाउँनै विस्थापित भएको छ । आज बिहानैबाट उनीहरुको नेपाली सेना, ससस्त्र र नेपाल प्रहरीले खोजी गरे पनि फेला पर्न नसकेको प्रहरीले जनाएको छ । लेखर्कका ६५ परिवार पहिरोले विस्थापित भएको गाउँपालिका अध्यक्ष मैन कुमार मोक्तानले बताउनुभयो । ६५ परिवारका एकसय ८० भन्दाबढीलाई गाउँपालिका नजिकैको कण्ठेश्वर माध्यमिक विद्यालयमा झरिएको हाम्रा सहकर्मीले जनाएका छन् । वडा नं २ र ३ जोडने ढाईगाउँको मोटरेवल पुल पहिरोसँगै आएको बाढीले बगाएको छ । पहिरोले छाङ खोला र घट्टे खोलाको पुल पनि बगाएको छ । गाउँका अधिकांश घर र जमीन चिरा परेकाले लेखर्कलाई स्थानान्तरण बाहेक विकल्प नरहेको उहाँउनुभयो । पहिरोले दोरम्बाको २ नं वडाको भडाँरे गाउँका ६० परिवार विस्थापित बनेको मोक्तानले बताउनुभयो । पहिरोमा बेपत्ता परेकाहरुको खोजी जारी राखेको र विस्थापितहरुलाई सुरक्षित स्थानमा झारिएको प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बताउनुभयो । 


प्रतिक्रिया