पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

भाद्र २७, २०८१ | बझाङ
बझाङको तमैल बजार नजिकै जालेबगर सडकखण्डमा पहिरो जाँदा जयपृथ्वी राजमार्गको यातायात अवरुद्ध बनेको छ ।
बिहान खसेको पहिरोले सडक अवरुद्ध भएपछि जिल्लाबाट छुट्ने र भित्रिने लामो तथा छोटो दुरीका सवारी साधन बीच बाटोमै रोकिएका छन् ।
बझाङबाट धनगढी, काठमाडौँ, महेन्द्रनगर, डडेल्धुराका लागि छुटेका र त्यहाँबाट बझाङ भित्रिने गाडीहरु रोकिएका हुन् ।
पहिरो झर्न नरोकिएछि सडक खुलाउन समेत समस्या उत्पन्न भएको प्रहरीले जनाएको छ ।