बर्दियामा नदी स्तर बढ्यो

भाद्र २८, २०८१ | बदिैया

बर्दियास्थित बबई नदीमा जलसतह बढेपछि तटिय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

बुधवार राती देखि लगातारको वर्षाले बबई नदीको जलसतह आज विहानसम्म ५ दशमलव २५ मिटर माथि पुगेको छ ।

बबईमा ६ दशमलव ८० मिटर पुग्न साथ गाउबस्ती डुवानको जोखिममा पर्ने गरेको छ ।

नदीमा पानीको बहाब बढ्दो क्रममा रहेको भन्दै तटिय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनु भयो ।

यता कर्णाली नदीमा पनि पानीको बहाब उच्च बन्दै गएको छ । नदीमा माछा मार्ने,दाउरा बटुल्ने काम नगर्न स्थानीवासीलाई सचेत गराइएको छ ।  


प्रतिक्रिया