बैतडीको एकै गाउँका चार जनामा डेंगी संक्रमण

भाद्र ३०, २०८१ | काठमाडौं

बैतडीको पाटन नगरपालिका ५ वसन्तपुर कद्वाराका चार जनामा डेंगी संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये तीन जना गाउँमै बस्ने र एक जना गाउँ बाहिरबाट आएको पाइएकोे पाटन प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।

पाटन प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टका अनुसार ज्वरो आएपछि परिक्षण गर्दा उनीहरुमा डेंगी संक्रमण पृष्ठी भएको हो । गाउँमा अरुपनि ज्वरोका बिरामी भएकाले संक्रमित बढ्ने सम्भावना छ । पाटन नगरपालिकाको सहकार्यमा सो गाउँमा जाँचगर्ने तयारी भइको छ ।

डेंगी संक्रमण भएमा कडा खालको ज्वरो आउने, टाउको दुख्ने, शरीरका जोर्नी तथा मांसपेशी दुख्ने, खाना खान मन नलाग्ने जस्ता लक्षण देखिन्छन् ।  


प्रतिक्रिया