राष्ट्रसंघीय महासभामा उठाइने विषयबारे प्रधानमन्त्रीद्वारा संसदलाई जानकारी

भाद्र ३१, २०८१ | काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघीय महासभामा नेपालको तर्फबाट उठाइने विषयबारे संसदलाई जानकारी गराउनुभएको छ ।

आगामी शुक्रवार महासभाका लागि जानुअघि प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणबारे जानकारी गराउनुभएको हो ।

उहाँले मुलुकको स्थापित परराष्ट्र नीति अनुसार आफ्नो धारणा राखिने बताउनुभयो । पछिल्लो पटक प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमणका रुपमा अमेरिका जान लागेका ओलीले छिमेक सम्वन्धमा कसैसँग शत्रुता नराख्ने बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनबाट परेको असरबारे विश्वसमुदायको ध्यानाकर्षण गराइने बताउनुभयो । जलवायु परिवर्तनले हिमालमा पारेको प्रतिकूल प्रभाव लगायत विषय उठाइने उहाँको भनाइ छ ।

अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले न्यूयोर्कस्थित कोलम्बिया विश्वविद्यालय र बोस्टनस्थित हार्भर्ड विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यतालिका समेत छ ।  


प्रतिक्रिया