कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाईै दोस्रोपटक विश्वासको मत प्राप्त

आश्विन २, २०८१

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत पाउनुभएको छ । कार्कीले विश्वासको मतका लागि राखेको प्रस्तावको पक्षमा ६६ सांसदले समर्थन गरेका थिए । विपक्षमा भने १५ मत परेको थियो । माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोस्रोपटक विश्वासको मत लिनुभएको हो ।

सत्ता गठबन्धन परिवर्तन भएसँगै साउन ११ गते सरकारबाट बाहिरिएको माओवादी केन्द्रले यही भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । कोशी प्रदेशमा एमालेको नेतृत्वमा बनेको कांग्रेससहितको सरकार छ । कोशी प्रदेशसभामा एमालेका ४० , कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादी ४ र जसपाका १ सांसद गरी ९३ जना सदस्य छन् । गत वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले पहिलोपटक वैशाख ३१ गते विश्वासको मत लिनु भएको थियो । 


प्रतिक्रिया