संसद्को चालू अधिवेशन आज मध्यरातदेखि अन्त्य हु्ँदै

तस्बिरः नविन कोइराला, रेडियो कान्तिपुर  

भाद्र ३१, २०८१ | काठमाडौं

संघीय संसद्को चालू अधिवेशन आज मध्यरातदेखि अन्त्य हुँदैछ । सरकारले संसद्को चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

मन्त्रिपरिषद् हिजोको बैठकले आज राति १२ बजेदेखि प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् बैठक आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।

चालू बजेट अधिवेशन गत बैशाख २८ मा सुरु भएको थियो । सरकारका एक मन्त्रीका अनुसार माओवादीले संसद्को अवरोध जारी राखेको, असोज १ र ३ मा सरकारी बिदा परेको तथा असोज ४ गते आफू संयुक्त राष्ट्रसंघको महासभाका लागि अमेरिका जानुपर्ने कारण देखाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्बाट संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गराउनु भएको हो ।  


प्रतिक्रिया