लागूऔषधसहित भैरहवाबाट तीन पक्राउ

आश्विन ३, २०८१ | भैरहवा

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा रुपन्देहीको भैरहवाबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सिद्धार्थनगर–४, लुम्बिनी रोडमा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

उनीहरुको साथबाट विभिन्न लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौंरका अनुसार जिल्ला प्रहरी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालयबाट खटिएको संयुक्त टोलीले उनीहरु सवार मोटरसाइकल र स्कुटर रोकेर जाँच गर्ने क्रममा लागू औषध बरामद गरिएको हो । 

सो लागू औषध सहित प्रहरीले मर्चवारी गाउ“पालिका–१, शैलेसकुमार सहानी, कोटहीमाई–२, का रामकरण हरीजन र भारतको महाराजगन्जस्थित नौतनुहाका सुरज कुम्हाललाई पक्राउ गरिएको एसपी राठौंरले बताउनुभयो । 

जिल्ला प्रहरीका सूचना अधिकारी मनोहरप्रसाद भट्टका अनुसार उनीहरुको साथबाट फेनरागन ६ सय एम्फुल, डाइजेपाम ६ सय एम्फुल, टालजेसिक ६ सय एम्फुल, लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम बरामद गरिएको छ । साथै लु ११ प ४१०२ नम्बरको मोटरसाइकल र लु ३३ प ७२६ नम्बरको स्कूटर बरामद गरिएको छ । 


प्रतिक्रिया