जसपाले केन्द्रीय सचिवालय गठन गर्ने

आश्विन ४, २०८१

जनता समाजवादी पार्टी जसपा नेपालले केन्द्रीय सचिवालय गठन गरेको छ । ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालय गत बुधबारदेखि बसेको बैठकले केन्द्रीय सचिवालय, उप निर्वाचनका लागि दल दर्ता गर्ने लगायत विभिन्न निर्णय गरेको पार्टीका प्रवक्ता मनिस कुमार सुमनले बताउनुभयो ।

बैठकमा जनतासँग जसपा नेपाल अभियानको समीक्षासाथै यसको प्रभावकारिता, पेसागत एवं भ्रातृ संगठनहरुको परिचालन, अनुगमन, निरीक्षण र समन्वय लगायत एजेण्डामा पनि छलफल भएको उहाँले जानकारी दिनुभयो ।

गत साउन ३० गते सम्पन्न केन्द्रीय समिति बैठकपछि पूर्णता पाएको ३१ सदस्यीय कार्यकारिणी समितिको प्रथम बैठकले सरकारलाई संविधान संसोधनमा गर्नुपर्ने सुधारसहित संगठन निर्माणका रणनीति योजनाहरु समेत तयार पारेको पार्टीले जनाएको छ । 


प्रतिक्रिया