प्रस्तावित प्रधानन्यायाधीश र दुई राजदूतको सुनुवाइका लागि उजुरी आह्वान

आश्विन ४, २०८१ | काठमाडौं

संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ ।

समितिको आज बसेको बैठकले प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, बेल्जियमका लागि प्रस्तावित नेपाली राजदूत सेवा लम्साल र अस्ट्रेलियाका लागि प्रस्तावित नेपाली राजदूत चित्रलेखा यादवमाथि उजुरी आह्वान गरेको हो ।

उनीहरुमाथि सुनुवाइका लागि समितिले आह्वान गरेकोे सूचनामा १० दिनभित्र समितिको सचिवालय वा जिल्ला प्रशासन कार्यालयबाट दिन सकिने उल्लेख गरिएको छ ।

साथै, सूचनादाताले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रुपमा खुलाउनुपर्ने भए पनि सूचनादाताले चाहेमा गोप्य राख्न सकिने जनाइएको छ । 


प्रतिक्रिया