कोसी ब्यारेजमा २५ घण्टापछि यातायात सुचारु
आश्विन १३, २०८१ | कोसी ब्यारेज
सप्तकोसी नदीमा पानीको बहाब अत्यधिक भएपछि कोसी ब्यारेजको पुलमा रोकिएको यातायात र पैदल आवागमन २५ घण्टापछि आज साँझबाट खोलिएको छ ।
पानीको बहाबमा कमी आएको र पुलमा रहेको फोहोर सफा गरिएपछि आवागमन खोल्ने निर्णय गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले जानकारी दिनुभयो ।
कोसी ब्यारेज भएर पानीको बहाब अत्यधिक भएको र ब्यारेजको पुलमाथीवाटै पनि बाढी बग्न थालेपछि हिजो अपरान्ह ४ वजेबाट कोशी ब्यारेजको पुलमा यातायात सञ्चालनमा रोक लगाइएको थियो ।
आज बिहानैवाट पानीको बहाब निरन्तर कम हुदै गएपनि पुलमा बाढीले थुपारेको फोहोर सफा गर्न ६ घण्टा लागेको थियो ।