सडक सञ्चालनका कार्य प्राथमिकतामा छन् : गृहमन्त्री लेखक

आश्विन १५, २०८१ | काठमाडौं

गृहमन्त्री रमेश लेखकले अविरल वर्षापछिको बाढीपहिरो र डुबानपछि सरकारले उद्धार, बेपत्ताको खोजी, पीडितलाई राहत दिने र अवरुद्ध सडक सञ्चालन गर्ने कार्य प्राथमिकतामा रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा गृहमन्त्री लेखकले विपद्पछिको प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम थालिसकेको दाबी गर्नुभयो । 

विपद्मा परेका नागरिकको उद्धार, बेपत्ताको खोजी, राहत र अवरुद्ध सडक खोल्ने कार्यमा केन्द्रित भएको उहाँको भनाई थियो । 

गृहमन्त्री लेखकले घाइतेको निःशुल्क उपचार र पहिरोका कारण अवरुद्ध मुख्य राजमार्ग र सहायक राजमार्ग खोलेर आवागमन सहज बनाउनेतर्फ सरकार केन्द्रित भएकोे जानकारी दिनुभयो ।  


प्रतिक्रिया