कुलेखानी–सिस्नेरी– दक्षिणकाली सडक सञ्चालमा

फाइल फोटो  

आश्विन २०, २०८१ | काठमाडौं

बाढीपहिरोका कारण नौ दिनदेखि अवरुद्ध कुलेखानी–सिस्नेरी– दक्षिणकाली–काठमाण्डौ सडक आज मध्यान्हबाट सञ्चालनमा आएको छ ।

बाढीले क्षतिग्रस्त कुलेखानी सिमखोलाको सडकको डाइभर्सन तयार भएपछि सो क्षेत्रको अर्को सडक खण्ड समेत सञ्चालनमा ल्याउने तयारी भएको बागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुस्करराज पोखरेलले बताउनुभयो ।

हेटौंडाबाट काठमाडौं जोड्ने छोटो दुरीको वैकल्पिक मोटरबाटो कुलेखानीबाट फाखेल हुँदै दक्षिणकालीसम्म यातायात सञ्चालन आज अपरान्हबाट गर्ने तयारी भएको निर्देशक पोखरेलले जानकारी दिनुभयो ।  


प्रतिक्रिया