पछिल्लो बाढीपहिरोमा परी २ सय ४४ जनाको मृत्यु

फाइल फोटो  

आश्विन २०, २०८१ | काठमाडौं

पछिल्लो बाढीपहिरोमा परी हालसम्म २ सय ४४ जनाको मृत्यु भएको छ भने १९ जना अझै बेपत्ता छन् । त्यस्तै घाइतेको संख्या १ सय ७९ पुगेको गृह मन्त्रालयले जनाएको छ । 

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ । सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी छ । बाढीपहिरो पीडितको विवरण सङ्कलन स्थानीयस्तरबाट भइरहेको उहाँले बताउनुभयो । 

विवरण प्राप्त भएपछि अस्थायी आवासका निम्ति सरकारले प्रदान गर्ने सहायता रकम वितरण हुने तिवारीको भनाइ छ । सरकारले जिल्ला विपद् व्यवस्थापन कोष मार्फत मृतकका परिवारलाई दुई लाख रुपैयाँका दरले सहायता रकम उपलब्ध गराएको छ । 


प्रतिक्रिया