विश्वका १४ अग्ला हिमाल आरोहण गरेर निमा रिन्जी शेर्पाको विश्व किर्तिमान

आश्विन २३, २०८१ | काठमाडौं

विश्वका १४ अग्ला हिमाल आरोहणमा नेपालका निमा रिन्जी शेर्पाले सबैभन्दा कान्छो आरोहीको विश्व किर्तिमान बनाएका छन् ।

काठमाडौस्थित सेभेन समिट ट्रेक्स प्रालिका अनुसार, संखुवासभाको मकालुका निमा रिन्जीले आज चीनमा पर्ने विश्वको १४ औं अग्लो हिमाल सिसापाङ्मा आरोहण गरेका छन् ।

उनी अहिले १८ वर्षका भए । सगरमाथासहित विश्वका सबै हिमाल सबैभन्दा कम उमेरमा आरोहण गर्नेमा उनी विश्वकै पहिलो भएको सेभेन समिटले जनाएको छ ।

यसैबीच, आरोही निर्मल पूर्जाले सगरमाथासहित विश्वका १४ अग्ला हिमाल बोतल अक्सिजनबिना सबैभन्दा चाँडो आरोहण गर्ने नयाँ कीर्तिमान बनाएको बताइएको छ । 


प्रतिक्रिया