राजादेखि माओवादीसम्म अटाउने व्यवस्था देशको हितमाः थापा
कार्तिक २७, २०८१
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष एवम् पूर्वमन्त्री कमल थापाले राजादेखि माओवादीसम्म अटाउने व्यवस्था देशको हितमा हुने बताउनुभएको छ । वीरगञ्जमा आयोजित पार्टीको तराई–मधेस राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै थापाले मुलुकसंकटको चक्रव्यूहमा फसेकाले सबै पक्ष समेट्ने व्यवस्था आवश्यक भएको बताउनुभएको हो ।
भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउनुपर्ने थापाको भनाइ छ । उहाँले थापाले विगत १८ वर्षदेखि अवलम्वन गरिएको त्रुटिपूर्ण अवधारणा र संरचनामा सुधार गर्नुपर्ने बताउनुभयो ।
पूर्व मन्त्री थापाले हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापनाको एजेण्डालाई आफूहरूले सँगै अघि बढाइरहेको समेत बताउनुभयो ।