थारू कल्याणकारिणी सभाको अध्यक्षमा प्रेमीलाल चौधरी निर्वाचित
मंसिर ५, २०८१
थारू कल्याणकारिणी सभाको अध्यक्षमा प्रेमीलाल चौधरी निर्वाचित हुनुभएको छ । २३ औं केन्द्रीय महाधिवेशनबाट चौधरी सर्वसम्मत अध्यक्षमा चयन हुनु भएको हो । महामन्त्रीमा मिनराज चौधरी निर्वाचित हुनुभएको छ । उपाध्यक्ष, महिला उपाध्यक्ष र सहमहामन्त्री लगायत पदमा भने चयन हुन बाँकी छ ।
रुपन्देहीको भैरहवामा मंसिर १ गतेदेखि तीन दिनसम्म चलेको महाधिवेशन नेतृत्व टुंगो लगाउन नसक्दा एक दिन लम्बिएको थियो । थारु कल्याणकारिणी सभा नेपालभर छरिएर रहेका थारुहरुको छाता संगठन भएपनि यसले समुदायको अपनत्व लिन नसकेको टिप्पणी हुँदै आएको छ ।