पाकिस्तानी पूर्वप्रधानमन्त्री खानलाई रिहा गर्न अदालतको आदेश

मंसिर ५, २०८१ | काठमाडौं

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सरकारी उपहार बेचेको मुद्दामा जमानतमा रिहा गर्न इस्लामावाद अदालतले आदेश दिएको छ ।

खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का समर्थकहरूले उनको समर्थनमा गर्न लागेको ठूलो ¥यालीको तयारीका बिच सो निर्णय आएको हो ।

पार्टीको संस्थापक समेत रहेका खानको लागि आगामी नोभेम्बर २४ मा राजधानीमा विरोध प्रदर्शन हुन लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । खानले अन्य धेरै मुद्दाहरूको सामना गर्नुपरेकोले जेलबाट ढिलोगरी मात्र रिहाइ हुन सक्ने बताइएको छ ।

खानको जेल सजायले पाकिस्तानभरि व्यापक विरोध प्रदर्शन भएको छ ।जसले गर्दा अधिकारीहरूले प्रदर्शन नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा बनाएका छन् । 


प्रतिक्रिया